काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले लुम्बिनीको खैरेनी, योगिकुटि, मणिग्राम, जितपुर र मुर्गियामा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


ती शाखाहरुको उद्घाटन एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सम्बन्धित वडाका वडाध्यक्षबाट संयुक्त रुपमा भएको बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


उद्घाटन समारोहमा एभरेष्ट बैंक लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक अनिल कुमार कार्की, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले लुम्बिनी प्रदेशका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासनका व्यक्त गरेको छन् ।