काठमाडौँ – नेपाली कांग्रेसले आगामी कार्यसम्पादन समितिको बैठकका एजेण्डालाई अन्तिम रुप दिएको छ ।


ADVERTISEMENT


बुधबार बालुवाटारमा सभापति शेरबहादुर देउवासंग छलफल गर्दै पार्टी पदाधिकारीले कार्यसम्पादन समितिको बैठकका एजेण्डालाई अन्तिम रुप दिएको हो । बिहीबार पार्टी कार्यालय सानेपामा कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दैछ ।


ADVERTISEMENT

# # #


म्याद गुज्रेका भ्रातृ संस्थाहरूबारे बैठकले आवश्यक निर्णय गर्ने कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महत्तले जानकारी दिए । त्यस्तै स्थानीय तहको निर्वाचन र बाँकी रहेका जिल्लाको अधिवेशनका बारेमा सभापतिसंग छलफल भएको र बिहीबार बस्ने कार्यसम्पादन समितिको बैठकले आवश्यक निर्णय गर्ने उनले बताए । उनले स्थानीय तहको निर्वाचन आउन तीन महिना बाँकी रहेको अवस्थामा पार्टीलाई मजबुद बनाउनका लागि आवश्यक रणनीति तय गर्ने जानकारी दिए ।

कांग्रेसमा १३ वटा भ्रातृ तथा १८ वटा शुभेच्छुक संस्था छन् । तर, समयमा अधिवेशन नगरेका कारण तीमध्ये अधिकांश संस्था निष्क्रिय बनेका छन् । त्यस्तै विभिन्न कारणले कांग्रेसको १६ जिल्लामा अधिवेशन हुन सकेको छैन ।