सप्तरी–संघीय समाजवादी फोरम नेपालका उपेन्द्र यादवले विकासको हिसाबले चार दशक अघिको मधेश र अहिलेको मधेशमा कुनै फरक नपाएको बताएका छन । राज्यको विभेदकारी नीतिले मधेश पछाडि परेको आरोप लगाउँदै यसप्रति उनले दुःख जाहेर गरेका छन ।


ADVERTISEMENT


चुनाव प्रचारका क्रममा सप्तरीमा रहेका नेता यादवको यस्तो भनाई आएको हो । सप्तरीका शहर, गाऊँ, सड़क पूर्वाधार र जनताको जीवनस्तर देखेपछि यादवले यस्तो अनुभव सुनाएका हुन ।


ADVERTISEMENT

# # #


राजविराज कदमहा गाऊँमा बुधबार स्थानीय कुरा गर्दै यादवले भने, ‘४० वर्षअघिको सप्तरी र अहिलेको सप्तरीमा कुनै फरक पाईनँ । गाऊँको अवस्था जहाँको त्यहीँ । गाऊँ, सड़क र जीवनस्तर सबै उस्तै रहेछ ।’

सप्तरीको भगवतपुरमा जन्मेहुर्केका यादवले चार दशकपछि पनि आफ्नो जन्मभूमिको अवस्था जस्ताको त्यस्तै देखेर दुःखी र आश्चर्यचकित बनेको बताए ।

सप्तरीको विकासको लागि राज्यले कुनै पहल नगरेको भन्दै यादवले राज्यको विभेदकारी नीतिले गर्दा मधेशको विकास हुन नसकेको आरोप लगाए । ’राज्यले नै चाहदैन की मधेशको विकास होस । ताकि मधेशी जनतालाई सधैभरी गुलाम बनाएर राख्न सकियोस । तर अब यसरी चल्दैन’ यादवले भने ।

मधेशको गरिबी, अशिक्षा, बेरोजगारी र विकासको अवस्था जर्जर हुनुमा राज्य मुख्य दोषि रहेको आरोप लगाएका छन । सप्तरीको अधिकांश गाऊँमा पुगेर यादवले आम जनतासँग अन्तक्रिया गरिसकेका छन । गत कार्तिक २६ गतेदेखि औपचारिक रुपमा उनी आफ्नो निर्वाचनको चुनाव प्रचारमा जुटेका छन ।
फोरम नेपालका अध्यक्ष यादवले सप्तरीको चुनावी मोर्चा सम्हालेका छन । सप्तरी क्षेत्र न. २ बाट अध्यक्ष यादव प्रतिनिधि सदस्य पदका उम्मेदवार हुन ।