काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोकपा)ले मधेश प्रदेशमा स्थानीय तहको निर्वाचन आगामी असोज महिनामा गरिनुपर्ने माग गरेको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै लोकपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले मधेश प्रदेशमा पनि वैशाखमै निर्वाचन गर्दा संविधान विपरित हुने बताएका छन् ।


ADVERTISEMENT


सरकारले स्थानीय निर्वाचन एकै चरणमा आगामी वैशाख ३० गते गर्ने घोषणा गरेको छ । तर, अध्यक्ष सोनलले संविधानले स्थानीय तहका जनप्रतिनिधिको पदावधि ६ वर्ष तोकेकाले वैशाखमै निर्वाचन गर्दा पदावधि कटौति हुने भएकाले त्यस्तो नगर्न माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


आवधिक निर्वाचन स्वागतयोग्य भए पनि संविधान विपरित एक दिन पनि अधिकार कटौति गर्ने अधिकार कसैमा नरहेको उनको भनाई छ ।

उनले भनेका छन्, ‘मधेश प्रदेशमा विगतमा भएको स्थानीय निर्वाचनको मिति २०७४ असोज २ गतेलाई दृष्टिगत गरी निर्वाचित पदाधिकारीको पाँच वर्षको पदावधि संविधानको धारा २१५(६), २१६(६) र २२०(५) अनुसार नै हुने भएकोमा कुनै पनि निर्वाचित पदाधिकारीको बिना कारण एक दिन पनि अधिकारबाट बन्चित गर्न संविधानको मर्म र भावनाविपरित हुने हुँदा यस सन्दर्भमा नेपाल सरिकार, निर्वाचन आयोग, सम्बन्धित पक्ष एवम् सरोकारवाला समेतको ध्यान आकृष्ट गर्न चाहन्छौँ ।’