काठमाडौँ– नेपाली भुमीमा चीनले नेपालको अतिक्रमणको प्रयास गरेको खुलासा भएको छ । नेपाल सरकारको गोप्य प्रतिवेदनले चीन सरकारले हुम्ला जिल्लास्थित दुई देशको सीमामा पर्ने नेपाली भूमिमा ‘स्थायी नहर’ बनाउने योजना थालेको खुलासा भएको हो ।


ADVERTISEMENT


सन् १९६० को सुरुवातमा सीमासम्बन्धी सन्धी भएर बाँडफाँड भएको करिब १४ किलोमिटरसम्म फैलिएको नेपाल र चीनको सीमा क्षेत्रको नेपाली भुमिमा चीनले आफ्नो दाउ खोजेको बीबीसी न्युजले जनाएको हो ।


ADVERTISEMENT

# # #


उक्त समाचारका अनुसार, नेपालले आधिकारिक रुपमा पहिलोपटक चीनको नेपाली भुमिमाथि अतिक्रमण गर्ने प्रयासको दाबी गर्दैै सो प्रतिवेदन तयार पारेको हो ।यद्यपि सरकारले सो प्रतिवेदन हालसम्म सार्वजनिक गरेको छैन भने, यता चीनले पनि नेपाली भुमि अतिक्रमण गर्ने सो समाचार आफवाह मात्रै भएको बताएको छ  ।

यदि सोहि समाचारलाई आधार मान्ने हो भने चीनले हुम्लाको किट खोला क्षेत्रमा दिर्घकालीन रुपमा नहर बनाएपछि सो क्षेत्र चीनले नै नियन्त्रण गर्ने छ । जसकारण पनि यससम्बन्धि छिट्टै आवश्यक कुटनीतिक पहल थाल्न सम्बन्धित निकायले सरकारलाई घच्घच्याउन थालेको छ ।