काठमाण्डौं-सरकारी छाप तथा दस्तखत कीर्ते गरेको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


अमेरिकाको डिभी परेका ब्यक्तिलाई प्लस टुको नक्कली सर्टिफिकेट बनाई कीर्ते गरेको अभियोगमा संलग्न गिरोहलाई नै नियन्त्रणमा लिएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएपी दिवेश लोहनीले बताए ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेमा सिन्धुलीका रुद्रबहादुर मोक्तान, ताप्लेजुङका भुवानी प्रसाद भट्टराई, कालिकोटका बिशाल जंग शाही र शुरेस बहादुर शाही, सुनसरीका अभय पोख्रेल, काठमान्डौंका अनिल श्रेष्ठ र सन्तोषकुमार तिवारी तथा काभ्रेका देवराज तामाङ छन् ।

डीभी परेका मोक्तान र भट्टराई सर्टिफिकेट बनाउन सो समुहको सम्पर्कमा पुगेका थिए । प्रहरीले उनीहरुलाई राजधानीका विभिन्न स्थानवाट हिजो पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरुको साथवाट प्लस टू को माईग्रेसन १ थान, एसएलसीको मार्कसिट १ थान र स्नातक तहको मार्कसिट ३ थान पनि बरामत गरेको जनाएको छ ।

यसैवीच महाशाखाको टोलीले भिजिट भिषामा कोरिया पठाउने र उतै लुकाई राख्ने दोलखाका विजय कुमार तामाङ लगायत ८ जनालाई पक्राउ गरेको पनि जनाएको छ ।