काठमाडौं  – नेपाल आयल निगमले मंगलवार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाउँदा पेट्रोलको मूल्यले भने अहिलेसम्मकै इतिहास तोडेको छ ।


ADVERTISEMENT


निगमले पछिल्लो पटक पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीनरतीन रुपैयाँ वृद्धि गर्दा काठमाडौं उपत्यकाको हकमा पेट्रोलको मूल्य १ सय ४२ रुपैयाँ पुगेको छ ।


ADVERTISEMENT

# # #


यो मूल्य निगमको इतिहासमै सबैभन्दा बढी हो । यसअघि २०७० सालमा प्रतिलिटर पेट्रोल १ सय ४० रुपैयाँ पुगेको थियो । राजधानी दैनिकमा खबर छ ।