काठमाडौँ – मंगलबार काठमाडौँस्थित दशरथ रंगशालामा नेपाल र मौरिससबीच मैत्रीपूर्ण फुटबल खेल चलिरहेको थियो । खेल करिब ९०औँ मिनेटमा पुगिरहँदा रंगशालामा एकाएक अन्धकार छायो ।


ADVERTISEMENT


बत्ती जाँदा खेलका लागि आवश्यक प्रकाश नपुगेपछि रेफ्रीले खेल नै रोक्न पुगे । करिब ७ मिनेट जति रोकिएको खेल बत्तीआएसँगै पुनः सुरु भएको थियो । उक्त समयमा सिस्टममा समस्या आउँदा काठमाडौँ उपत्यकाभरि नै बत्ती गएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।


ADVERTISEMENT

# # #


उनले हिमालय पोष्टसँग भने, ‘सिस्टममा समस्या आउँदा काठमाडौँ उपत्यकाभरि नै बत्ती गएको थियो । हाम्रो टिमले तत्काल सुल्झाएको छ ।’ पछिल्ला दिनहरुमा काठमाडौँमा झ्याप्पझ्याप्प बत्ती जाने गरेको छ ।

सिस्टममा आइरहेको समस्याको स्थायी समाधानका लागि काम भइरहेको कार्यकारी निर्देशक कुलमानले जानकारी दिए ।