काठमाडौँ – महानगरीय ट्राफिक महाशाखाले दुवै मिर्गौला फेल भई उपचारर्थ प्रहरी जवान मधु खत्रीलाई आर्थिक सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश राज जोशीले हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT


महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत खत्रीको दुवै मिर्गौला फेल भएर उपचारमा खर्च जुटाउन असहज भईरहेको अवस्थामा महाशाखाका प्रमुख एसएसपी जोशीको पिवशेष सक्रियतामा संकलित ३ लाख ७७ हजार ५ सय ९० रुपैंया सहयोग स्वरुप रकम हस्तान्तरण गरेको हो ।


ADVERTISEMENT

# # #


उनले जीवन बचाउने पुण्यकार्यको लागि संकलित सम्पुर्ण रकम प्रहरी जवान खत्रीकी श्रीमती ट्राफिक महाशाखामा कार्यरत प्रहरी जवान मुना बस्नेतलाई हस्तान्तरण गरेका छन् ।

गुल्मी जिल्लाको ईस्मा वडा नं ४ स्थायी घर भई बागबजार बस्ने प्रहरी जवान खत्रीको उपचारमा हुने आर्थिक अभावलाई सहयोग गर्न उपत्यकामा कार्यरत सम्पुर्ण ट्राफिक प्रहरी कर्मचारीहरुले स्वस्फुर्त रुपमा सहयोग रकम संकलन गरेका हुन ।

दुबै मिर्गौलाले काम गर्न छोडेपछि नेपाल प्रहरी लगायतका अस्पतालहरुमा डाइलेसिस एव उपचारार्थ खत्रीको स्वास्थ्य अवस्था खस्कँदै गएको छ । आर्थिक अवस्था कमजोर भएका कारण थप उपचारका लागी हामीले आर्थिक सहयोगको सुरुवात गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जोशीले बताए।