काठमाडौं – सरकारले दूधको मूल्य बढाएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले दूधको मूल्यवृद्धि गरेको हो ।


ADVERTISEMENT


किसानले पाउने दूधको मूल्यवृद्धि गरेको कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले जानकारी दिए । मन्त्री यादवले सो मूल्यवृद्धिका लागि मन्त्रालयले गत साता समितिमा सिफारिस गरेको बताए ।


ADVERTISEMENT

# # #


कृषि मन्त्रालयको समितिको सिफारिस गरेको मूल्य सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रति लिटर दूध ७ रुपैयाँ १५ पैसाले वृद्धि गरेको मन्त्री राय यादवले जानकारी दिए । अब किसानले प्रति लिटर दूधको मूल्य ५६ रुपैयाँ ४ पैसा पाउनेछन् । राजधानी दैनिकमा खबर छ ।