काठमाण्डौं-काठमाडौंको रामशाह पथस्थित सर्वोच्च अदालतमा बम भएको हल्लापछि भागदौड मच्चिएको छ । अपरिचित व्यक्तिले कर्मचारीको मोबाइलमा अदालतमा बम भएको एसएमएस पठाएपछि भागदौड मच्चिएको हो । सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीले पनि आफ्नो मोबाइलमा बम राखिएको एसएमएस आएको बताए ।


ADVERTISEMENT


मेरो मोबाइलमा पनि तीन ठाउँमा बम राखिएको एसएमएस आयो । एसएमएस पठाइएको नम्बर प्रहरीलाई दिएर ट्र्याक गर्न लगाइएको छ पन्थीले भने।


ADVERTISEMENT

# # #


बमको हल्लापछि सबै न्यायाधीश र कर्मचारीहरु इजलाश छाडेर चौरमा बसेका छन्।