जनकपुरधाम – किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले ‘साङ्लो जुलुस’ निकालेको छ ।


ADVERTISEMENT


आन्दोलनको पूर्वघोषित कार्यक्रमअनुसार जनमत पार्टीले आज मधेसका जिल्लासहित विभिन्न स्थानमा साङ्लो जुलुस निकालेको हो । जनमतका नेता तथा कार्यकर्ताले किसानहरूलाई मलखाद उपलब्ध हुनुपर्ने, बुधबार पक्राउ गरिएका आफ्ना कार्यकर्तालाई रिहा गर्नुपर्ने भन्दै नाराबाजी गरेका छन् ।


ADVERTISEMENT

# # #


जनमत पार्टीले ११ बुँदे माग राखी किसान आन्दोलन गर्दै आएको छ ।

किसानका लागि पेन्सन, बालीनालीको स्वतः बिमा, कृषि मिटरको बिजुली निशुल्क, मलखाद र बीउबिजनको व्यवस्था, बाली क्षतिपूर्तिवापत् राहत, कृषि उत्पादनको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानी, कार्यकर्ताहरूमाथिको मुद्दा फिर्ता, किसानमाथिको दमन बन्द गर्नुपर्ने र उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग जनमतले राख्दै आएको छ ।

यसअघि, शुक्रबार पगडी जुलुस निकालेको जनमत पार्टीले आइतबार हलो जुलुस निकाल्ने जनाएको छ ।