काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो विकसित अवस्थाप्रति गम्भीर हुन सत्ता गठबन्धन दलहरुलाई आग्रह गरेका छन् ।


ADVERTISEMENT


शनिबार बालुवाटारमा बसेको गठबन्धन बैठकमा बोल्दै नेता पौडेलले पछिल्लो समय राज्य व्यवस्थालाई नै असफलतातर्फ लैजाने प्रयासहरु क्रियाशील भएको भन्दै सत्ता गठबन्धन दलहरुलाई गम्भीर हुन आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


नेता पौडेलले सबैतिर गतिरोध कायम रहेको समेत बताए । ‘आज देशमा संसद चलेको छैन । सर्वोच्च अदालतमा गतिरोध कायमै छ ।’ उनले भने, ‘राष्ट्रिय महत्वका विषयमा गतिरोध कायमै छ । राज्य सञ्चालनमै गतिरोध देखिएको छ । सरकार संसदमा एउटा कानून पास गराउन सक्ने अवस्थामा छैन । कानून संशोधन गर्नसमेत सरकारले नसकेको अवस्था छ । देशलाई असफलतातर्फ लान खोजेको देखिन्छ ।’

स्थानीय निर्वाचनमात्रै नभएर थुप्रै समस्या रहेको नेता पौडेलले बताए ।