काठमाडौँ– जनसंगीत मञ्चको आयोजनामा एक दिवसीय कलाकार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादी अन्तर्गत एवम् नेकपा एकीकृत समाजवादी पार्टी निकट रहेको सो मञ्चको कार्यक्रम बिहीबार अनामनगरस्थित सम्पन्न गरिएको हो ।


ADVERTISEMENT


कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित एकीकृत समाजवादीका उप–महासचिव एवं मोर्चाका प्रमुख डा. विजय पौडेलले अन्य सहभागिहरुलाई प्रशिक्षण प्रदान गरे ।


ADVERTISEMENT

# # #


जनसंगीत मञ्चका केन्द्रीय अध्यक्ष नवीन पौडेलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा पार्टीका नेताहरुबाट समसामयिक विषय, वर्तमान परिस्थिति, सांस्कृतिक परिस्थिति लगायत विषयमा पार्टीका आधिकारिक धारणाबारे प्रशिक्षण गरिएको थियो ।

पार्टीका पोलिटब्युरो सदस्य एवं महासंघका इन्चार्ज गोपाल बराल, महासंघका केन्द्रीय अध्यक्ष कृपाराम धमला, उपाध्यक्ष नारायण परिश्रमी, उपाध्यक्ष डा पुष्कर राज भट्ट, डा बालचन्द्र मिश्र लगायतको उपस्थिति रहेको सो कार्यक्रममा झण्डै पाँच दर्जन कलाकारहरुले समेत सहभागिता जनाएका थिए ।

सो अवसरमा उपस्थित कलाकारहरुले विविध जनवादी गीत–सङ्गीत समेत प्रस्तुत गरेका थिए ।