काठमाडौँ– प्रहरीले विद्युतीय ऐन कसुरका फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रकाउ पर्नेमा कास्की जिल्लाको रुपा गाउँपालिका–७ सिस्नेरीका स्थानिय ‘मुक्ति’ भनिने ३१ वर्षीय मुक्तिनाथ खनाल रहेका छन् ।


ADVERTISEMENT


पक्राउ खनालमाथि म्यासेन्जर मार्फत महिलाको निजी तस्बिर तथा भिडियो आफन्तमा सार्वजनिक गरिदिन्छु भन्दै धम्की दिएको आरोप छ ।


ADVERTISEMENT

# # #


प्रहरी प्रधान साइबर ब्यूरोका अनुसार, वैदेशिक रोजगारमा रहँदा म्यासेन्जरमार्फत जोडिएको एक महिलालाई खनालले डर, त्रास देखाई महिलाको  नग्न तस्बिर एवम् भिडियो सार्वजनिक गरिदिने धम्की दिएका थिए ।

प्रहरीले उनलाई वैदेशिक रोजगारबाट फर्कने क्रममा शुक्रवार विमानस्थलबाटै पक्राउ गरेको हो । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर अभियोग छ ।