कपिलवस्तु– जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी विपन्न परिवारको घर–घर पुगिरहेका छन् । बढिरहेको शितलहर र चिसोबाट बचाउन अति विपन्न परिवारको दैनिक जीवनयापनमा देखिएको कठिनाईमा सहजता ल्याउनको लागि जिल्ला विपद व्यवस्थापन समितीको सहकार्यमा ४०० थान ब्लाङकेट बोकेर कपिलवस्तु प्रहरी घरघर पुग्दै आवश्यक सामाग्री वितरण गरिरहेका हुन् ।


ADVERTISEMENT


माघ १२ र १३ गते सञ्चालन उक्त कार्यक्रमअन्तर्गत प्रहरी र प्रशासनका पदाधिकारीले सहयोग स्वरुप कुल दुई सय ४८ जना अती विपन्न परिवार बस्ती न्यानो कम्मल वितरण गरेका छन् ।


ADVERTISEMENT

# # #


कपिलवस्तुमा नगरपालिका–२ स्थित तौलेश्वरनाथ महादेवको मन्दिर बाहिरको सार्वजनिक शैचालयमा सोनामति बाँसखोर विगत ४ वर्षदेखि गुजारा गर्दै आएका छन् । ५५ बर्षमा गरिबीसँगै परिवारको साहारा गुमाएकी सोनामतिले सार्वजिनक शौचालय भित्र ओछ्यान लगाएको देख्दा जो कसैको मन अमिलो हुन्छ। चिसो भुईँमा लगाएको विस्ताराले घरिघरि आफैलाई चिसो बिझ्ने उनी बताउँछन् । चिसोमा यस्तै बस्ने बानि परेको उनको भनाई छ ।

 

कपिलवस्तु नगरपालिका–३ तिलौराकोट स्थित बाटै छेउमा टहरामा बिताइरहेका धादिङका ६० वर्षे चन्द्रे तामाङ केहि बर्षदेखि बाटै छेउको फुसले बारेको टहरोमा जीवन गुजार्दै आएका थिए । उनको दैनिक जीवनयापन देखिरहेका कपिलवस्तु वासीले प्रहरी र प्रशासनको यो कामले आम नागरिकको सुरक्षा निकाय र प्रशासन प्रतिको हेराई र प्रशासकको नागरिकलाई हेर्ने दृष्टिकोण समयसँगै बद्लिएको उनको अनुभव छ ।

 

कपिलवस्तुको विभिन्न क्षेत्रमा दैनिक जीवन यापनमा जाडोले कठ्याङग्रिएका नागरिकलाई प्रहरीले देखिरहेको थियो तर मानविय सहयोग समेत गर्न नपाएको अवस्थामा प्रहरीले आफ्नो दैनिक ड्युटिका क्रममा देखेका नागरिकलाई आफ्नै सिफारिसमा कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयमा पुर्याएपछि प्रशासन कार्यालयले खरिद गरि प्रहरीकै हातबाट वितरण गराएको हो।

जिल्लाको लवनि, खुनुवा, जहदी, ओदारी, महाराजगञ्ज लगायतको क्षेत्रमा प्रमुख जिल्ला अधिाकारी चक्रपाणी पाण्डे, प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्की, सञ्चारकर्मी समेत भई वितरण गरेपनि जिल्लाका अन्य कृष्णनगर, पत्थरदेहिया, कोपवा, चन्द्रौटा, भिल्मी, पिपरा, गणेशपुर लगायतका स्थानमा सम्बन्धित क्षेत्रका प्रहरी कार्यालय प्रमुख नै गई नाम टिपिएका विपन्न परिवारलाई ब्लाङकेट वितरण गरिएको हो।