काठमाडौँ – काठमाडौँको शंखरापुर नगरपालिकामा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । ५२ वर्षीय पदमबहादुर थिङ र उनकी पत्नी ४५ वर्षीय फूलकुमारी थिङ बिहीबार बिहान आफ्नै कोठामा मृत फेला परेका हुन् ।


ADVERTISEMENT


प्रहरीका अनुसार उनीहरु बिहान अबेरसम्म नउठेपछि ढोका फोडेर हेर्दा मृत अवस्थामा देखिएका हुन् । उनीहरु साँझ कोइला बालेर सुतेको पाइएकाले निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएइको छ ।


ADVERTISEMENT

# # #


घटनाबारे प्ररहीले थप अनुसन्धान गरिरहेको छ । मृतक दम्पतीको पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।