काठमाडौँ–संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले स्थानीय तहको निर्वाचन संविधानमा भएको व्यवस्थाअनुसार नै हुने बताएका छन् ।


ADVERTISEMENT


रिपोटर्स क्लब नेपालले बुधबार काठमाडौँमा गरेको साक्षात्कारमा उनले स्थानीय तहको निर्वाचनबारे अहिले बाहिर विभिन्न बहस भइरहेकोमा आफ्नो ध्यानाकार्षण भएको उल्लेख गर्दै सो धारणा व्इक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


मन्त्री श्रेष्ठले संविधानमा नै संविधानसँग बाझिएका सबै कानूनहरु स्वतः बदर हुन्छ भनिएको स्मरण गराउँदै स्थानीय तहको निर्वाचनको जटिलतालाई सरकारले फुकाउने दावी गरे । स्थानीय तहको निर्वाचनको सम्बन्धमा अहिले सरकार छलफलकै क्रममा रहेको उनको भनाई छ ।

मन्त्री श्रेष्ठले अहिले रहेको पाँच दलीय सत्तारुढ गठबन्धन निर्वाचनसम्म नै कायम रहने पनि दाबी गरे । उनले देश र जनताका लागि नयाँ ढंगले काम गर्नुपर्छ भनेर सरकार लागिरहेको बताएका छन् । आफूहरुले स्थानीय तहको कर्मचारीको समस्या पनि समाधान गरिरहेको उनको जिकिर छ ।