काठमाडौँ – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा सरकार छ भन्ने अनुभूत हुन नसकेको बताएका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाले मुलुकको कार्यपालीका न्यापालीका र व्यवस्थापिकाको अवस्था दयनिय रहेको भन्दै मुलुकमा सरकार रहेको अनुभूत हुन नसकेको बताएका हुन् । उनले निर्वाचन सार्नका लागि सरकारले संसदलाई छलेर अध्यादेश ल्याउन लागेको दाबी गरे ।


ADVERTISEMENT

# # #


देश पूर्णरुपमा बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको उनले बताए । उनले मुलुकलाई सहि दिशा दिन युवाहरु राजनीतिमा आउनुपर्ने धारणा राखे ।

उनले राजनीतिक दलहरु सुध्रने र मुलुक बनाउने कुनै आशा नै नभएको टिप्पणी गरे ।