काठमाडौं – राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज सार्वजनिक हुनेछ । केन्द्रीय तथ्याँक विभागले बिहान १० बजेपछि विवरण सार्वजनिक गर्न लागेको हो ।


ADVERTISEMENT


प्रारम्भिक नतिजामा महिला र पुरुषसहित जम्मा जनसंख्या, विदेशमा रहेका नेपालीको जनसंख्या र नेपालमा जम्मा परिवार संख्या, सार्वजनिक गरिने विभागका उपनिर्देशक हेमराज रेग्मीले जानकारी दिए । अहिले प्रारम्भिक मात्रै आउने र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक हुने उनले बताए ।


ADVERTISEMENT

# # #


विभागले भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण तथा कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरेको थियो ।