काठमाडौँ – कोरोना सङ्क्रमण भएपछि विगत पाँच दिनदेखि आफ्नै निवास भक्तपुरको बालकोटमा आराम गरिरहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


ADVERTISEMENT


सो पार्टीको केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले आज विज्ञप्ति जारी गरी अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाप्रति चासो राखेर स्वास्थ्यलाभको कामना गर्ने सम्बन्धित सबैमा धन्यवाद दिएका छन् ।


ADVERTISEMENT

# # #