काठमाडौँ – सरकारले पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता रद्ध गर्नका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलमा बसेको पशुपति क्षेत्र विकासको बैठकले छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने, छानविन गरेर आवश्यक कारवाही गर्ने र सम्झौता रद्द गर्नका लागि प्रक्रिया अघि बढाउने निर्णय भएको पर्यटनमन्त्री प्रेम आलेले जानकारी दिए । सो क्रममा मन्त्री आलेले नियम विपरित सरकारी सम्पतीमाथि हस्तक्षेप गर्नेमाथि कारवाही गर्ने स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


उनले गलत भएका कामको छानविन गरेरै छाड्ने स्पष्ट पारे । त्यस्तै उनले लुम्विनी विकास कोष अन्तर्गतको मास्टरप्लान अनुसार नै विभिन्न ठाउमा गुम्बा लगायत होटल बनाउने काम अघि बढेको जिकिर गरे । आफुले लोकप्रियका लागि नभएर आफुले दायित्व मात्र निर्वाह गरेको उनको भनाई छ ।

यसअघि बतासले पशुपति धर्मशालामा सञ्चालन गरेको होटलको मन्त्री आलेले पनि निरीक्षण गरेका थिए । त्यस्तै, पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीलाई सर्वसुलभ रूपमा खान र बस्न सहज होस् भनेर भारत सरकारको ४० करोड लगानीमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा ‘होटल आनन्द’ सञ्चालन गर्न दिँदासमेत ठेक्का सम्झौतामै मिलेमतो गरेको प्रतिवेदनले देखाएको थियो ।