काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल आज अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनलाई शुक्रबार मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।


ADVERTISEMENT


स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । कोरोनाको असर कम भएपछि पुनः थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राज राणाका अनुसार उनलाई स्वास्थ्यमा कुनै पनि प्रतिकूलता देखापरे तुरुन्तै अस्पतालमा सम्पर्क गर्न सल्लाह दिइएको छ ।