एजेन्सी – इटालीमा जारी पहिलो चरणको राष्ट्रपतीय निर्वाचनले कुनै उमेद्वारलाई चुन्न असफल भएको छ । अधिकांश मतपत्रहरू खाली रहेको पाइएको छ।


ADVERTISEMENT


इटालियन संसद्को चेम्बर अफ डेपुटीजका अध्यक्ष रोबर्टो फिकोले प्रत्यक्ष रूपमा मत गणना गरेका थिए । कुनै पनि उम्मेदवारले कुल मतको दुई तिहाइ मत नपाएकाले मंगलबार १५:०० बजेदेखि दोस्रो चरणको निर्वाचन हुँदैछ ।


ADVERTISEMENT

# # #


मत परिणाम अनुसार पहिलो चरणमा ९७६ मतदाताले भाग लिएका थिए ।