काठमाडौँ– अवैध विदेशी मुद्रासहित व्यक्ति पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौँबाट दुबई जान लागेको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेमा भारतीय नागरिक इसाक खान इब्रहिम खान रहेका छन् । अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा पुगीसकेका उनी एक्स–रे मेशिनद्वारा म्यानुअल चेकजाँच गर्ने क्रममा पक्राउ परेका हुन् ।


ADVERTISEMENT

# # #


प्रहरीले उनीबाट १५,००१, अमेरिकी डलर, ६१० साउदी रियाल, ३६ ओमानी रियाल, ९२० युएई दिरहाम र २ हजार भारतीय रुपैँया बरामद गरेको छ ।

पक्राउ खानलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरस्थित बुझाइएको प्रहरीले जनाएको छ ।