एजेन्सी –  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई हल्लाउने विश्वमा कुनै शक्ति छैन भनी बताएका छन् । नयाँ भारतको लक्ष्य राखेर सरकारले काम गरिररहेको बताउँदै मोदीले अहिलेसम्म भारतलाई हल्लाउने शक्ति विश्वमा नै नभएको बताएका हुन् ।


ADVERTISEMENT


भारतको १००औं स्वतन्त्रता दिवसअघिसम्म सरकारले नयाँ भारत बनाउने लक्ष्य राखेको बताएका छन् । स्वर्गीय नेताजी सुभाष चन्द्र बोसको प्रतिमाको अनावरण गर्दै प्रधानमन्त्री मोदीले भने, ‘स्वतन्त्र भारतको सपनाका लागि कहिल्यै विश्वास नगुमाउनू। भारतलाई हल्लाउने अहिलेसम्म विश्वमा कुनै शक्ति छैन ।’


ADVERTISEMENT

# # #


सरकारले स्वतन्त्र भारतको सपना साकार पार्ने लक्ष्य पुरा गरेको उनले बताए । ‘भारतले १०० औं स्वतन्त्रता दिवस मनाउनुअघि हामीले नयाँ भारत बनाउने लक्ष्य राखेका छौ,’ मोदीले भने । सन् २०४७ मा भारतले १००औं स्वतन्त्रता दिवस मनाउनेछ ।


ADVERTISEMENT

#
#


देशका लागि सेवा गर्ने क्रममा सहिद भएका सुरक्षाकर्मीप्रति श्रद्धान्जली व्यक्त गर्दै मोदीले भने, ‘देशका लागि आफ्नो अमूल्य जीवन समर्पण गर्ने सम्पूर्ण सुरक्षाकर्मीप्रति श्रद्धा व्यक्त गर्न चाहन्छु ।’

प्रतिकृया

प्रतिकृया