काठमाडौँ – विभिन्न विद्यार्थी संगठनहरुले विद्यार्थीबाट अतिरिक्त शुल्क असुल्दै आएको भन्दै सिनामंगलस्थीत काठमाडौं मेडिकल कलेजमा तालावन्दी गरेका छन् ।


ADVERTISEMENT


आइतबार नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियू लगाएतका विद्यार्थी संगठनले संयुक्त रुपमा कलेज प्रशासनमा तालाबन्दी गरेका हुन् । सरकारी प्रतिनिधिसामू तोकेभन्दा बढी शुल्क नलिने सहमति गरे पनि कजेल भने अतिरिक्त शुल्क असुल्दै आएको आरोप विद्यार्थी संगठनको छ ।


ADVERTISEMENT

# # #


तालावन्दीका क्रममा विद्यार्थीहरुले कलेजमा तोडफोड समेत गरेका छन् । तालावन्दीपछि आयोजित विरोध सभामा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले मेडिकल शिक्षामा भइरहेको लुटतन्त्रको सदैव बिरोध गरिने बताउइन् । उनले अतिरिक्त शुल्क लिने निर्णय फिर्ता नभएसम्म आफुहरुको आन्दोलन नरोकिने स्पष्ट पारिन् ।

कलेजमा एमबीबीएस, बीडीएस र बीएनएसमा अध्ययनरत विद्यार्थीबाट होस्टल शुल्कलगायतका नाममा चर्को शुल्क असुल गरिएको भन्दै अध्ययनरत विद्यार्थी आन्दोलित छन् । उनीहरुको आन्दोलनप्रति नेपाल विद्यार्थी संघ, अनेरास्ववियूू, अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी लगाएतले समर्थन गर्दै आएको छ ।