काठमाडौँ– ५० जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएपछि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग केन्द्र, टेकु अस्पतालमा नियमित रुपमा सञ्चालन हुर्दैँ आएको खोप अभियान केहि दिनका लागि स्थागित भएको छ ।


ADVERTISEMENT


अस्पतालले आइतबार एक विज्ञप्ति जारी गर्दै ५० जनाभन्दा बढी कोभिड–१९ खोप सञ्चालनमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि केहि दिन खोप अभियान स्थागित गरिने जानकारी दिएको हो । तत्कालका लागि भोलि सोमबारदेखि माघ १६ गतेसम्म खोप वितरण नगर्ने अस्पतालले जनाएको छ ।


ADVERTISEMENT

# # #


गत १९ मंसिरदेखि नै अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा विदेश जानका लागि आवश्यक जोन्सन एण्ड जोन्सन खोप संगै अन्य कोरोना विरुद्धका खोपहरु नियमित रुपमा सञ्चालन गर्दै आएको थियो । दैनिक ५ सय देखि ७ सयसम्म खोप वितरण गर्दै आएको अस्पतालमा पछिल्लो समय कोरोना संक्रमणको ह्वात्तै वृद्धि र सरकारले खोप कार्डको अनिवार्यता गरेसंगै खोप लगाउनेको संख्या वृद्धि भएर ३ हजार देखि ३५ सम्म पुग्न थालेको थियो ।

यद्यपि अस्पतालले भने दैनिक लाइनमा बसेका सबैलाई खोप वितरण गरेको अस्पतालका निर्देशक डा. मनिषा रावलको दाबी छ ।