डोटी– बडिकेदार गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पालिकाको सेवा प्रभावित भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको स्वास्थ शाखाले जनाएको छ ।


ADVERTISEMENT


पालिकाका कर्मचारी र स्वास्थ्य शाखाका कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि दुवैतर्फका सेवा प्रभावित बनेका छन् । अहिले अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरिएको पालिकाले जनाएको हो ।


ADVERTISEMENT

# # #


कामका लागि भारत गएका नागरिक धमाधम घर फर्किरहेका कारण ती व्यक्तिबाट बढीजसो कोरोना जोखिम बढ्न थालेको बताइएको छ । स्वदेश फर्किएकाहरूलाइ अनिवार्य कोरोना परीक्षण गर्न पालिकाले आग्रह गरेको छ ।

जिल्लामा हाल नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या १११ पुगेको छ । रासस