काठमाडौं – अभिनेत्री प्रियंका चोपडा सरोगेसीको मद्दतले आमा बनेकी छन् । शुक्रबार राति १२ बजे इन्सटाग्राम पोष्ट मार्फत उनले यसको जानकारी दिएकी हुन् ।


ADVERTISEMENT


​प्रियंकाले पोस्टमा भनेकी छन्, ‘हामी खुसी छौँ कि हामीले सरोगेसीको मद्दतले आफ्नो जीवनमा एउटा बच्चालाई स्वागत गरेका छौँ । हामी हाम्रो परिवारका लागि तपाईंहरुलाई सम्मानपूर्वक आग्रह गर्छौँ कि यस खास समयमा हाम्रो गोप्यतालाई ध्यान दिनुहोला ।’


ADVERTISEMENT

# # #


प्रियंका र अमेरिकी गायक तथा अभिनेता निक जोनस चर्चित जोडीमध्ये एक हुन् । दुई जनाले सन् २०१८ को डिसेम्बर २ मा विवाह गरेका थिए । हालै प्रियंकाले द जोनास ब्रदर्स फ्यालिमी रोस्ट शोका दौरान निकसँग बच्चाको योजना बनाइरहेको बारेमा खुलासा गरेकी थिइन् ।


ADVERTISEMENT

#
#


निकका दाजुभाइको उदाहरण दिँदै उनले भनेकी थिइन्, ‘हामी एक्लो जोडी हौँ जसको अहिलेसम्म बच्चा छैन । म सबैलाई भन्न चाहन्छु कि म र निक बच्चाको योजना बनाइरहेका छौँ । त्यसपछि उनले आफू बच्चालाई हेरेर मात्र घरमा नबस्ने पनि बताएकी थिइन् ।’

प्रतिकृया

प्रतिकृया