काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्रंका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उनका परिवारलाई भेट गरी समवेदना व्यक्त गरेकी छन्।


ADVERTISEMENT


राष्ट्रपति भण्डारी पुत्र वियोगमा रहेका अध्यक्ष ‘प्रचण्ड’ सहित उनका परिवारलाई समवेदना व्यक्त गर्न आज लाजिम्पाटस्थित प्रचण्ड निवासमा पुगेको राष्ट्रपतिका सञ्चार विज्ञ माधव शर्माले जानकारी दिए ।


ADVERTISEMENT

# # #


अध्यक्ष प्रचण्डका सुपुत्र प्रकाश दाहालको आइतवार विहान हृदयघातका कारण ३६ वर्षको उमेरमा असामयिक निधन भएको थियो ।

यसैगरी नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उनका परिवारलाई भेट गरी समवेदना व्यक्त गरेका छन्।

प्रम देउवा आज अध्यक्ष प्रचण्ड निवासमा लाजिम्पाट पुगी असामयिक निधन भएका प्रकाश दाहालप्रति भाव पूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा हार्दिक समवेदना व्यक्त गरेको प्रम देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरु माधवकुमार नेपाल, भानुभक्त ढकाल, विष्णु रिमाल पनि लाजिम्पाट गई पुत्र वियोगमा रहेका अध्यक्ष प्रचण्ड सहित परिवारलाई भेट गरी समवेदन प्रकट गरे।

एमाले अध्यक्ष ओलीले आइतबार विहान प्रकाश दाहालको असामयिक निधनको खबरले आफू भावविह्वल भएको र एमाले तथा आफू स्वयंका तर्फबाट सिंगो परिवारमा समवेदना व्यक्त गरेको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवा, अध्यक्ष ओलील लगायतले त्यहाँ रहेको स्वर्गीय प्रकाश दाहालको तस्वीरमा पुष्पगुच्छा चढाई भाव पूर्ण श्रद्धाञ्जलि अर्पण गरेका थिए ।