काठमाडौँ– पूर्वसांसद एवं साल्ट ट्रेडिङ लिमिटेडका अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन भएको छ । उनको ९४ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।


ADVERTISEMENT


राति सुत्न लागेका बेला बान्ता भएपछि मानन्धरलाई उपचारका लागि ह्याम्स अस्पताल धूम्बाराही लगिएको थियो । अस्पताल पुर्‍याएको केही बेरमा चिकित्सकले उनलाई मृत घोषणा गरेको लिमिटेडका प्रवक्ता ब्रजेश झाले जानकारी दिए । विसं २०२० भदौ २० गते लिमिटेडको स्थापना हुँदा उनी संस्थापक सञ्चालकका रुपमा रहेका थिए ।


ADVERTISEMENT

# # #


लिमिटेडको स्थापना हुनु अघिदेखि नै मानन्धरले नुनको व्यापार गर्दै आएका उनी कम्पनी संस्थापक सञ्चालकमध्ये अन्तिम थिए । नेपालमा नुनको व्यापार व्यवस्थित गर्न सरकारले लिमिटेडको स्थापना गरेपछि उनी त्यसको संस्थापक सञ्चालक बनेका हुन्। व्यवसायका साथै उनी नेकपा एमालेको राजनीतिमा पनि सक्रिय थिए । मानन्धरले नेपाल भाषाको सम्वद्र्धनमा पनि काम गरेका थिए ।

मानन्धरको आजै विष्णुमती किनारस्थित इन्द्रायणी मन्दिर परिसरमा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिने बताइएको छ । अन्त्येष्टि अघि ठहिटीस्थित उनको निवासबाट शवयात्रा गरिने छ । मानन्धरका दुई छोरा र दुई छोरी छन् । रासस