काठमाडौँ – लोकसेवा आयोगले लिने सबै किसिमका लिखित परीक्षा स्थगित भएका छन् । कोरोना संक्रमणको दर बढेसँगै बिहीबार लोकसेवाले माघसम्मका लागि लिखित परीक्षाका कार्यक्रम स्थगित गरेको हो ।


ADVERTISEMENT


लोकसेवाले माघ मसान्तसम्मका लागि तोकिएका पूर्वनिर्धारित परीक्षा र फागुन १ गतेदेखि सञ्चालन हुने परीक्षाका लागि ७ दिनको समय दिएर पुनः तालिका प्रकाशन गर्ने जनाएको छ ।


ADVERTISEMENT

# # #


लिखित परीक्षा बाहेक लोकसेवाका अन्य पूर्वनिर्धारित कार्यहरु यथावत रहेको लोकसेवाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।