काठमाडौँ– पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि चितवनमा आयोजना गरिएको चुनावी सभामा सहभागी हुने भएका छन् ।


ADVERTISEMENT


तर, उनले सम्बोधन नगर्ने भएका छन् । प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार निधन भएको थियो । त्यसलगतै चिवतनको कार्यक्रम स्थगित गर्न लागिएको थियो । तर, प्रचण्डकै आग्रहमा सभा स्थगित नगरिएको बताइएको छ ।


ADVERTISEMENT

# # #


प्रचण्डको चुनावी क्षेत्रमा हुने भोलिको सभाको सुरुमा स्वर्गीय प्रकाश दाहाललाई श्रद्धाञ्जली दिइने छ ।

सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेता रामबहादुर थापा बादलले सम्बोधन गर्नेछन् ।