ललितपुर– नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं चुनाव प्रचारप्रसार संयोजक बालकृष्ण खाँणले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई सौहार्द्रपूर्ण रुपले सम्पन्न गरिनुपर्नेमा जोड दिएका छन् ।


ADVERTISEMENT


नेपाली काँग्रेस चुनाव प्रचारप्रसार चाँपागाउँ उपकेन्द्रद्वारा आयोजित चुनावि सभालाई सम्बोधन गर्दै उनले निर्वाचनमा जनताले आफ्नो पार्टीलाई पहिलो स्थानमा पुयांउने र काँग्रेसको नेतृत्वमा नै अगामी नयाँ सरकार निर्माण हुने दाबी गरे ।


ADVERTISEMENT

# # #


संयोजक खाँणले संविधानको कार्यान्वन गर्न अगामी सरकारको नेतृत्व पनि आफ्नो पार्टीले गर्न आवश्यक रहेको चर्चा गर्दै वामगठवन्धले देशमा अस्थिरता चाहेको आरोप लगाए ।

सो अवसरमा नेकामा प्रवेश गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य कपिल थापालाई संयोजक खाँणले स्वागत गरेका थिए  ।