काठमाडौं – पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारले चुनाव घोषणा गरेमा एक्लै प्रतिष्पर्धा गर्न एमाले तयार रहेको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


उनले बिहीवार सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस शेयर गर्दै यस्तो जनाएका हुन् । उनले लेखेका छन्, ‘फेरि भन्छु पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाब घोषणा गरोस् । हामी तीब्र प्रतीक्षा,स्वागत र पांच उपिंयाको गठबन्धन तोला न छटाकसंग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौँ।’


ADVERTISEMENT

# # #


निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरेपनि सत्ता गठबन्धनमा वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्नेगरी छलफल अघि बढेको समाचार बाहिर आएका छन् ।

चुनावको विषयमा छलफल गर्न सरकार संचालनमा सहजीकरण गर्न गठित उच्चस्तरीय संयन्त्रको बैठक बिहीवार बस्दैछ ।