एजेन्सी – इन्डोनेसियाको एउटा अदालतले बालीको रिसोर्ट टापुमा २००२ मा भएको बम विष्फोटमा भूमिका खेलेको आरोपमा बुधबार अल–कायदासँग सम्बन्धित इस्लामवादी लडाकूलाई १५ वर्षको जेल सजाय सुनाएको छ ।


ADVERTISEMENT


संयुक्त राज्य अमेरिकामा ९÷११ आक्रमणको एक वर्षपछि इन्डोनेसियाको बालीमा विदेशी पर्यटकहरूले खचाखच भरिएका रिसोर्ट टापूमा भएको हमला इन्डोनेसियाको इतिहासमा सबैभन्दा घातक आतंकवादी हमला बनेको थियो ।


ADVERTISEMENT

# # #


जेमाह इस्लामियाह आतंकवादी समूहका उच्च पदस्थ सदस्य जुल्कर्नाइनलाई लगभग १८ वर्ष फरार रहेपछि डिसेम्बर २०२० मा पक्राउ गरिएको थियो । उनी बाली बम विष्फोटका साथै उनको कमाण्डमा रहेको विशेष एकाईले गरेका अन्य धेरै आक्रमणहरूको लागि मुद्दा चलिरहेको थियो । उनलाई १५ वर्षको जेल सजाय सुनाइएको छ ।