काठमाडौं – माघ महिना लागेसँगै विहेबारीको याम सुरु भएको छ । साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम भएको छ।


ADVERTISEMENT


यसअघि मंगलबार छापावाल सुन तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य तोलाको ९२ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ।


ADVERTISEMENT

# # #


चाँदीको भाउ प्रतितोला एक हजार ८५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।