सृजना मगर, काठमाडौँ– नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनानु दिन बढने क्रम जारी छ । कोरोना जोखिम न्युनिकरणका लागि सरकारले पनि स्वास्थ्य मापदण्डमा थप कडाई गर्दै खोप कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गरिरहेको छ ।


ADVERTISEMENT


यसैबीच सरकारले गत ७ माघदेखि कुनै पनि सार्वजनिक स्थल प्रवेश गर्न एवम् सेवा लिनका लागि प्रत्येक नागरिकलाई खोप कार्ड अनिवार्य गर्दै सोको प्रमाण मोबाइलमा फोटो खिचेरै भएपनि आफ्नो साथमा राख्नुपर्ने प्रावधान ल्याएको छ । यससंगै यसअघि खोपको पूर्ण मात्रा लगाइसकेका समूहहरु पुनः खोप कार्ड खोज्नतिर लागेका छन्, भने कतिपयको खोप कार्ड हरायो भन्ने गुनासो समेत सुनिन थालेको छ ।


ADVERTISEMENT

# # #


यस्तो अवस्थामा अब के गर्ने ? यो धेरैको चिन्ताको विषय समेत बन्न पुगेको छ । हुन त खोप लगाइसकेका सम्पूर्ण व्यक्तिले खोप कार्ड सुरक्षित राख्नुपर्ने हो । तर, केहि विशेष कारणवश् खोप कार्ड हराइहालेमा पनि आत्तिनुपर्ने अवस्था नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, दुवै मात्रा खोप लगाइसकेको र खोप कार्ड हराएको व्यक्तिले दोस्रो मात्रा लगाएको खोपकेन्द्र अथवा स्वास्थ्य संस्था भएको पालिकाबाट पुनः खोप कार्ड प्राप्त गर्न सक्नेछन् । यस्तै, जोन्सन एण्ड जोन्सन वा पहिलो मात्रा मात्रै लगाएका व्यक्तिले पनि सोहि केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपी लिन सक्नेछन् ।