काठमाडौं – कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा थप कडाइ गरिएको छ । दिनहुँ देशभरका संक्रमितमध्ये काठमाडौं उपत्यकामै आधा हुन थालेपछि उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरुले थप कडाइ गर्ने उद्देश्यसहित मंगलबार स्मार्ट लकडाउनसम्बन्धी आदेश जारी गरेका हुन् ।


ADVERTISEMENT


जसमा भेला, सभा, सम्मेलनलगायतमा माघ मसान्तसम्म रोक लगाइएको छ भने धार्मिक स्थलमा नित्य पूजापाठबाहेकका गतिविधिमा बन्देज लगाइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै बिबाह, ब्रन्तबन्धलगायतका सामाजिक कार्यमा ५० जना भन्दा बढी सहभागी हन नपाउने, गाडीमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने, विदेशबाट आउने अनिवार्यरुपमा क्वारेन्टिन बस्नुपर्ने, सार्वजनिक स्थलमा जाँदा खोप कार्ड देखाउनुपर्नेजस्ता व्यवस्था गरिएको छ । स्थानीय प्रशासनको नयाँ आदेश गएराति मध्यरातिदेखि नै लागू भइसकेको छ । केहीको हकमा भने माघ ७ देखि लागू हुनेछ ।