काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले मधेश प्रदेशले पहिचान स्थापित भएको भन्दै अधिकार प्राप्तीको ढोका खुल्ला भएको बताएका छन् ।


ADVERTISEMENT


प्रदेश नंवर २ को नाम मधेश प्रदेश भएपछि राष्ट्रिय सीमान्तिकरण विरुद्ध अभियान नेपालले मंगलबार काठमाडौंमा गरेको बधाई कार्यक्रममा महतोले प्रदेशको पहिचान नभएसम्म अधिकार पाउन नसकिने अवस्थाको अन्त्य भएको बताएका हुन्। अधिकार, पहिचान र बहुलराज्य मान्यतालाई स्थापीत गराउने आफुहरुको अभियान सफलतातर्फ अघि बढेको उनले बताए ।


ADVERTISEMENT

# # #


महत्तोले पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानको नारा लगाएपनि अधिकांश प्रदेशले पहिचान पाउन नसकेको जिकिर गरे ।

त्यस्तै उनले मधेशी जनताले यसअघि उठाउदै आएका अन्य मुद्धाहरुलाइ पनि स्थापीत गर्न निरन्तर खवरदारी गरिने धारणा राख्नुभयो ।