काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेछ टिमका कप्तान सन्दीप लामिछाने आवद्ध होबार्ट हुरिकेन्स अष्ट्रेलियाको प्रतिष्ठत टी–२० लिग बिग बास लिग (बीबीएल)को प्लेअफमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


होर्बाटले मंगलबार मेलबर्न रेनेगेट्सलाई रोमाञ्चक खेलमा ६ रनले हराउँदै प्लेअफमा स्थान बनाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको होबार्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८२ रन बनायो । होबार्टका लागि कप्तान म्याथुयू वाडेले सर्वाधिक ४८ रन बनाए । यस्तै टिम डेभिडले ४६, डार्सी सर्टले ३७ र कालेव जेवेलले ३५ रनको योगदान दिए ।


ADVERTISEMENT

# # #


मेलबर्नका लागि क्यारुन बोयस र जोस लालोरले समान २–२ विकेट लिए भने ज्याक इमान्सका नाममा १ विकेट रह्यो ।

१८३ रनको चुनौति पच्छ्याउँदै मैदान प्रवेश गरेको मेलबर्न २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रनमै समेटियो । होबार्टका लागि टोम रोजर्सले सर्वाधिक ३ विकेट लिए । ४ ओभरमा उनले ३५ रन खर्चिए ।

होबार्टको जितका लागि सन्दीपले महत्वपूर्ण २ विकेट लिए । उनले ४ ओभरमा २७ रन खर्चिए । यस्तै रिले मेरेडिथका नाममा १ विकेट रह्यो ।

होवार्टले क्वालिफार्यसका लागि शुक्रबार एडिलेइड स्र्टाकर्सविरुद्ध उसकै घरेलू मैदान खेल्नेछ ।