काठमाडौ– कृषि विकास बैंक लिमिटेडमा ‘क्यूआर टेलर’ सेवा सुरु भएको छ ।


ADVERTISEMENT


बैंकको ५५ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कर्पोरेट बैंकिग कार्यालयमा ‘क्यूआर टेलर’बाट कारोबार गरी यो सेवाको विधिवत शुभारम्भ गरेका हुन् ।


ADVERTISEMENT

# # #


बैंकको मोबाइल बैकिङ सेवा लिएका ग्राहकहरुले चेक बिना नै सहज तथा सुरक्षित रुपमा ‘क्यूआर टेलर’बाट ‘क्यूआर स्क्यान’गरी आफ्नो खाताको रकम भुक्तानी लिन सक्नेछन् ।

बैंकले वित्त बजारका अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग प्रतिस्पर्धा गर्न परम्परागत बैंकिग गतिविधीका अतिरिक्त ग्राहकहरुको आवश्यकता अनुसारको अत्याधुनिक बैंकिंग सेवाहरु उपलब्ध गराउँदै आएको छ । बैँकले हाल मोवाइल बैंकिङ्ग, अलर्ट बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, आन्तरिक रेमिटान्स, एजेन्सी रेमिटान्स, स्विफ्ट, कार्ड, एटिएम, इसिसि, आइपिएस, कनेक्ट आइपिएस, सि–आश्वा, डिम्याट लगायतका विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

‘क्यूआर टेलर’ सेवाले ग्राहकहरु थप आकर्षित हुने बैँकले विश्वास व्यक्त गरेको छ ।

कार्यक्रममा उपमहाप्रवन्धक प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, ध्रुव चन्द्र गौतम, दीर्घ बहादुर अर्याल, बाबुकाजी थापा उपस्थित थिए । यस्तै विभागीय प्रमुखहरु अजय कुमार रिमाल, पप्पु बाबु श्रेष्ठ, सुन्दर प्रसाद खतिवडा, सरोज कुमार शाह तथा डिजिटल बैंकिग विभागका वरिष्ठ शाखा प्रमुख प्रज्वल भट्टराई लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।