काठमाडौं – सर्वोच्च अदालतमा न्यायाधीशसहित २४ जनालाई कोभिड संक्रमण पुष्टि भएको छ । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश मीरा खड्कालाई कोभिड संक्रमण पुष्टि भएको हो ।
त्यस्तै न्यायाधीश सपना प्रधान मल्लको सवारी चालकलाई पनि संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै, मुख्य रजिस्टार लालबहादुर कुँवरलाई पनि संक्रमण पुष्टि भई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत छन् ।
त्यसैगरी आइतबार सर्वोच्चमा कार्यरत थप ३० जनाको परीक्षण गरिएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका ३० जनाको परीक्षण गरिएको हो । परीक्षण गरिएका सबै जना आइसोलेसनमा छन् । कर्मचारीहरुले संक्रमण बढेको भन्दै भीडभाड कम हुनेगरी सेवा संकुचन गर्न माग गरेका छन्।