काठमाडौं – पछिल्लो २४ घण्टामा चार हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ नमूना परीक्षणमध्ये ४५३४ पीसीआर र ४२७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।


ADVERTISEMENT


यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ६२० छ । मन्त्रालयका अनुसार थप ४३५ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर २५ हजार ६८० सक्रिय संक्रमित छन् ।


ADVERTISEMENT

# # #