काठमाडौँ – माछापुच्छ्रे बैंक लि. का ग्राहकले एमआई साओमी र पोको ब्रान्डको मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामानहरु शून्य प्रतिशत ईएमआईमा किन्न पाउने भएका छन् ।


ADVERTISEMENT


ग्राहकको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैँकको इन्स्टा पे सुविधामार्फत भास्टल इम्पेक्स प्रा.लि.मा मोवाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरिद गर्दा विशेष सहुलियत प्रदान गर्ने सम्झौता गरेको हो । सम्झौतामा बैँकका तर्फबाट नायब प्रमुख डिजिटल बैंकिङ्क विनय रेग्मी र भास्टल इम्पेक्स प्रा.लि.का तर्फबाट डाईरेक्टर नितेश कुमार मन्ुद्रले हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


सम्झौता अनुसार माछाबुच्छ्रे बैँकका ग्राहकले बैँकको इन्स्टा पे सुविधामार्फत ६ देखि ९ महिनासम्मका लागि शून्य प्रतिशत इएमआई सुविधामा बैँकको इन्स्टापे मार्फत १५ हजारमाथिका एमआई साओमी र पोको बा्रन्डको मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामान खरिद गर्न सक्नेछन् ।

माछापुच्छ्रे बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको ‘के्रडिट कार्ड तथा इन्स्टापे’बाट पाउन सक्नेछन् । हाललाई यो सुविधा भास्टल इम्पेक्स प्रा.लि.को काठमाण्डौ स्थित शोरुममार्फत प्रदान गरिने बैँकले जनाएको छ ।

बैंकले देशभर १६३ वटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर, २०० वटा एटीएमबाट १० लाख भन्दा बढी ग्राहकलाई बैँकिङ सुविधा प्रदखान गर्दै आएको छ ।