काडमाडौं – मोडल सुधा देवकोटा पक्राउ परेकी छन् । उनले अमेरिका पुर्‍याइदिने भन्दै दुई व्यक्तिलाई विभिन्न स्थानमा अलपत्र पारेकी थिइन् । प्रहरीले उनलाई मानव बेचबिखनको आरोपमा पक्राउ गरेको हो ।


ADVERTISEMENT


प्रहरीका अनुसार उनले ट्राभल एजेन्सीको आवरणमा मानव तस्करी गरेकी हुन् । उनले श्रीमान् मुक्तिनारायण केसीसँग मिली ट्राभल एजेन्सी चलाउँदै आएकी थिइन् ।


ADVERTISEMENT

# # #


दाहालले केही म्युजिक भिडियोमा अभिनय गरेकी छन् । अहिले भने उनले आफ्नै नामको युट्युब च्यानल चलाउँदै आएकी थिइन् ।

उनीहरूले एक पीडितसँग ११ लाख १० हजार लिएका थिए । उक्त पीडितलाई विभिन्न स्थान हुँदै अमेरिका लैजाने आश्वास दिई इथियोपियामा बन्धक बनाइएको थियो । पछि ती पीडित आफन्तीको सहयोगमा नेपाल फर्किए ।

दम्पतीको हातबाट शिकार भएका अर्कालाई दिल्ली हुँदै अमेरिका पुर्‍याउने भनी दिल्लीमै दुई महिनासम्म राखियो । त्यसपछि इन्डोनेसिया पुर्‍याई सात महिनासम्म बन्धक बनाई यातना दिइएको प्रहरीले जनाएको छ ।

उनी इन्डोनेसियाको जेलमा १४ बसेका थिए । भिसा अवधि सकिएकाले उनी जेल बसेका हुन् । जेल सजायपछि उनलाई नेपाल फर्काइएको थियो ।