एजेन्सी – कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।


ADVERTISEMENT


जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ५५ लाख १९ हजार ८८५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने ३१ करोड ९७ लाख १२ हजार २ जनामा संक्रमण पुष्टि भइसकेको छ ।


ADVERTISEMENT

# # #


भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो अमेरिका । अमेरिकामा हालसम्म ८ लाख ४६ हजार ३१९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ६ लाख २० हजार ६४१ जनाले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ४ लाख ८५ हजार ३५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । यसैगरी मेक्सिकोमा ३ लाख ७६४, पेरुमा २ लाख २ हजार ३ हजार १५७, रुसमा ३ लाख १२ हजार ७३३, बेलायतमा १ लाख ५१ हजार ८३३, इटालीमा १ लाख ४० हजार १८८ र कोलोम्बियामा १ लाख ३० हजार ६२५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।