काठमाण्डौं-प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्ने गरी भइरहेका आक्रमण र विध्वंसात्मक गतिविधिलाई पुर्णत: निषेध पारिने बताएका छन् ।
डडेल्धुरामा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले सुरक्षा ब्यवस्थालाई कडा पार्दै आक्रमण तथा विध्वंसात्मक गतिबिधिमा संलग्न व्यक्ति तथा समुहलाई कडा कारवाही गर्ने बताए ।
उनले निर्वाचन भयरहित वतावरणमा हुने गरी शान्ति सुरक्षाको ब्यवस्था मिलाईएको दाबी समेत गरे ।
प्रधानमन्त्री देउवाले बताए, ‘म राजधानी फर्कनासाथ सुरक्षा बैठक बोलाउछु, निर्वाचनलाई शान्तिपुर्ण ढंगले सम्पन्न गर्न कडा सुरक्षा ब्यवस्थाको प्रवन्ध मिलाउन निर्देशन दिन्छु ।’
तोकिएकै समयमा शान्तिपुर्ण ढंगले निर्वाचन सम्पन्न गराउनु सरकारको कर्तव्य भएको उनको भनाई थियो ।
प्रधानमन्त्री देउवाले यस्ता आक्रमणका घटनाले निर्वाचन कार्यतालिका प्रभावित नहुने बताए ।