काठमाडौँ–आइतबार एकैचोटि ३४ जना प्रहरी उपरीक्षक (एसपी) कार्यथलो सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले हिजो एकमुष्ठ रुपमा ३४ एसपीको कार्यथलो अद्लीबद्ली गरेको हो । जसअन्तर्गत ७ जिल्लाका प्रहरी प्रमुखहरु फेरिएका छन् ।


ADVERTISEMENT


सरुवा हुनेमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत सुशीलसिंह राठौरलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरमा सरुवा गरिएको छ । यस्तै, कञ्चनपुरमा श्यामसिंह चौधरीलाई पठाइएको छ भने, जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी प्रमुखमा एसपी चक्रराज जोशीलाई पठाइएको छ । जिल्ला प्रहरी कार्यालय झापामा विश्वमणि पोखरेललाई पठाइएको छ । झापामा कार्यरत सानुराम भट्टराईको काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा सरुवा भएको छ ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय सिरहामा अर्जुनप्रसाद तिमिल्सिना, पाल्पाको इन्चार्जमा जनक बहादुर शाही र बारामा दिलीपसिंह देउवालाई सरुवा गरिएको छ ।

को–कहाँ सरुवा भए सूचीसहित